भागरथी हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष

पत्रपत्रिकाबाट

आइतबार, ०२ फागुन २०७७, ०७ : ०१
भागरथी हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष

बैतडी दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ।

प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको छ। अनुसन्धानमा खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम सुवेदीले चिनजान र सम्पर्कमा रहेका स्थानीयबाटै भागरथीको बलात्कार र हत्या भएको बताएका छन्।

‘घटनास्थलको भौगौलिक अवस्था हेर्दा बाहिरबाट आएर कुनै मान्छेले यो घटना गराउने सम्भावना नै छैन।

चिनजानका स्थानीय व्यक्तिबाट बलात्कार र हत्या भएको हो,’ दोगडाकेदारमा बसेर अनुसन्धान गरिरहेका सुवेदीले भने।

सुरुमा सबै कोणबाट फराकिलो घेरामा अनुसन्धान गरिएको र अहिले अनुसन्धान साँघुरिँदै पहिलो चरणबाट दोस्रोमा प्रवेश गरेको उनले बताए। ‘हामी तुरुन्तै दोषी पत्ता लगाउर्छाें, सार्वजनिक गर्छौं’, उनले भने।नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस