बालीमा ज्वालामुखी विस्फोटको खतरा

सोमबार, ११ मंसिर २०७४, १२ : २७
बालीमा ज्वालामुखी विस्फोटको खतरा

जाकार्ता, ११ मङ्सिर । इन्डोनेसियाको चर्चित पर्यटकीय टापू बालीमा ज्वालामुखी विस्फोट हुने सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ ।

 ज्वालामुखी विस्फोट हुन सक्ने क्षेत्रबाट करिब १ लाख व्यक्तिलाई त्यहाँबाट विस्थापित गरिएको अधिकारीले सोमबार जानकारी दिएका छन् । सो सतर्कताको क्रममा त्यहाँ रहेको एक मात्र विमानस्थल पनि बन्द गरिएको छ ।

 यसअघि पनि करिब ४० हजार व्यक्ति माउन्ट आगुङ्गुनजिकै रहेको इलाका छोडी सकेका इन्डोनेसियको प्रकोप व्यवस्थापन सम्बन्धि निकायका जनाइएको छ । सरकारी अधिकारीहरुले ज्वालामुखि विस्फोट हुन सक्ने क्षेत्रबाट १२ किलोमिटर टाढा रहनको लागि आग्रह गरेका छन् ।(रासस/एएफपी)

 

प्रतिक्रिया दिनुहोस