बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै आँखामा कालो पट्टी लगाएर युवतीहरुले गरे प्रदर्शन

रासस

शनिबार, ०१ फागुन २०७७, १४ : ३५
बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै आँखामा कालो पट्टी लगाएर युवतीहरुले गरे प्रदर्शन

काठमाडौं । बलात्कारीलाई सार्वजनिक गर्न माग गर्दै काठमाण्डौको माईतिघर मण्डलामा शनिबार पनि युवायुवतीले प्रदर्शन गरेका छन् ।

आँखामा कालोपट्टी बाँधेर विरोध प्रर्दशनमा उत्रिएका युवतीहरुले बलत्कारी हत्याराहरुलाई सार्वजनिक गर्न र पीडीतलाई न्याय दिन माग गर्दे नाराबाजी गरेका हुन् । उनीहरुले केही समय धर्ना समेत दिएका थिए । सेतो लुगा लगाएर कपाल फिँजाएर ब्यानर सहित अग्रभागमा तीन जना महिलाले प्रतिकात्मक रुपमा विरोध प्रर्दशन गरेका थिए । उनीहरुको पछाडि मुखमा कालो टेप लगाएका युवतीहरु थिए ।

सोही बीचमा आँखामा कालो पट्टी लगाएर युवतीहरुले महिला सुरक्षा, अपराधीलाई कारवाही र पीडीतलाई न्याय दिन माग गरिरहेका थिए । उनीहरुले तिम्रा कानुन चाहिँदैन छोरी मार्न पाईदैन, बलात्कारी सरकार मुर्दावाद हत्यारालाई सार्वजनिक गर, बलात्कारीलाई फाँसी दे जस्ता नाराबाजी गरेका थिए ।

मुलुकका विभिन्न स्थानमा बालिका बलात्कार र हत्यामा संलग्नको पहिचान र कारवाही नभएपछि त्यसको विरोधमा दोषिलाई कारवाही, पिडितलाई न्याय र बालिका तथा महिला सुरक्षाको प्रत्याभुति गर्न माग गदै काठमाण्डौमा दिनहुँ प्रर्दशन हुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस