बुटवल । सत्ताधारी दल नेकपा (ओली समूह) आज बुटवलमा शक्ति प्रदर्शन गर्दैछ । पार्टी विभाजनपछि देशका विभिन्न ठाउँमा जनसभा गर्दै हिँडेको (ओली समूह) ले शनिबार बुटवलमा वृहत जनसभा गर्न लागेको हो ।
सभाको आयोजना नेकपा लुम्बिनी प्रदेश कमिटीले गरेको हो । बुटवल–७ दीपनगरस्थित सिद्देश्वर माविको खेल मैदानमा हुने वृहत जनसभामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्थमन्त्री तथा महासचिव विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, मन्त्री लेखराज भट्ट लगायतका नेताहरुले संवोधन गर्नेछन् ।
सभामा दुई लाख जनता उतार्ने नेकपाले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०१ फागुन २०७७, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लिपुलेक हाम्रो हो भन्ने चीनलाई स्पष्ट भनेका छौँ, ‘जिएसाइ’मा समर्थन गरेका छैनौँ’ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गरी स्वदेश प्रस्थान
प्रधानमन्त्री ओली विशेष सैनिक ‘परेड’मा सहभागी
प्रधानमन्त्री ओली र उपराष्ट्रपति हानबीच भेटवार्ता
बेइजिङ पुगे प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीबाट शाङ्घाइ शिखर सम्मेलनलाई सम्बोधन