स्टार्टअप आइडिया पठाउन बागमती प्रदेश सरकार र राष्ट्रिय बाणिज्य बैंकको आग्रह,

रासस

शुक्रबार, ३० माघ २०७७, ११ : ०९
स्टार्टअप आइडिया पठाउन बागमती प्रदेश सरकार र राष्ट्रिय बाणिज्य बैंकको आग्रह,

 काठमाडौं ।मङ्सीर २४ गतेबाट सुरु भएको स्टार्टअप आइडिया कल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेलले आग्रह गरेका छन् । भक्तपुरमा रहेको समृद्धी कलेजको सह आयोजनामा बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष कँडेलले सरकारले बैंक, बिक्तिय संस्था र निजि क्षेत्रको नेतृत्वमा युवाहरुलाई उद्यमी बनाउने निति लिएको उल्लेख गदैं अवशरको सहि सदुयोग गर्न आग्रह गरे ।

योजना आयोगले समृद्ध नेपाल निमार्णका लागि युवा उद्यमशीलतालाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गदै युवाहरुलाई चुनौतीसंग नडराउन आग्रह गरे । सोहि कार्यक्रमा उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गाना, राष्ट्रिय बाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र विशाल फाउण्डेशनका अध्यक्ष नरेशप्रसाद श्रेष्ठले स्टार्टअप आइडियाहरुलाई संरक्षण र प्रोत्साहनकै लागि पुर्ण प्याकेजकोरुपमा यो आइडिया कल कार्यक्रम अघि बढेकाले यसमा आइडिया पठाउन र उद्यमी बन्न आग्रह गरे । 

काठमाडौं, भक्तपुर र ललीतपुर जिल्लामा स्टार्टअप कम्पनी सञ्चालन गरिरहेका, उद्यम सञ्चालन गर्न खोजीरहेका र बिभिन्न कलेजका ब्यवस्थापन र आइटी पढ्दै गरेका करिव १५० जना युवाहरुलाई वल्र्ड लिंकका अध्यक्ष एवं युवा उद्यमी दिलिप अग्रवाल, ई कमर्स संस्तो डिलका संस्थापक अमुन थापा, महिला उद्यमी महासंघका उपाध्यक्ष दर्शना श्रेष्ठ, बरिष्ठ महिला उद्यमी स्यामबदन श्रेष्ठ, कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला, समृद्धी कलेजका प्रिन्सीपल सन्दीप श्रेष्ठलगायतले बिभिन्न सेसनमा युवाहरुलाई हौसला प्रदान गरेका थिए  । 

प्रतिक्रिया दिनुहोस