स्याङ्जा । स्याङ्जाको वालिङमा नेपालको मौलिक कलाका रूपमा परिचित थाङ्कारपौभा कलाको प्रदर्शनी गरिएको छ । नेपालको हिमाली, पहाडी तथा काठमाडौँ उपत्यकाभित्र सिर्जना भएका थाङ्कारपौभा कलालाई नेपालभर चिनाउने, बुझाउने र यसको महत्वका बारेमा जानकारी गराउने मुख्य उद्देश्यले प्रदर्शनी गरिएको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँका परम्परागत शिल्पकला विभागका प्रमुख प्राज्ञ बुद्धिबहादुर गुरुङले बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान शिल्पकला विभागको आयोजनामा वालिङमा बुधबार र बिहीबार नेपाली कलाका दिवङ्गत तथा वर्तमानका चर्चित अग्रज तीन दर्जन बढी कलाकारका चित्रकला प्रदर्शनी गरिएको प्राज्ञ गुरुङले बताए ।
“कलाको विकासबिना समाज र राज्यको विकास हुन सक्दैन”, प्राज्ञ गुरुङले भने, “विकासको अनुभूति गर्न हामीले स्थानीय सङ्घसंस्थाको संयोजनमा उपत्यका बाहिर मोफसलमा पनि कलाको विकासमा जोड दिनका लागि प्रदर्शनी गरेका हौँ ।”
नेपालका सातवटै प्रदेशमा परम्परागत चित्रकला प्रदर्शनी तथा यसको प्रचारप्रसार गर्ने लक्ष्य राखेर अभियान थालिएको प्राज्ञ गुरुङले बताए । नेपालको हिमाली, पहाडी भागमा बसोबास गर्ने बौद्ध धर्मावलम्बी र काठमाडौँ उपत्यकामा बसोबास गर्ने हिन्दू एवं बौद्ध धर्म मान्ने नेवार समुदायले परम्परादेखि बनाउँदै आएको कलालाई उपत्यकामा मात्रै सीमित नाराखी यसलाई सातवटै प्रदेशमा पुर्याउने लक्ष्यअनुरुप गण्डकी प्रदेशको वालिङमा प्रदर्शनी गरिएको प्राज्ञ मानबहादुर दोङले बताए ।
प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, ३० माघ २०७७, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करिष्माले पाइन् ‘महानायिका’ को उपाधि
क्यानडा बस्ने नेपाली युवाको र्याप गीत विदेशी युवतीको बबाल डान्स
‘द कपिल शर्मा शो’ बन्द हुने
हिरोहिरोइन लुकाएर ऋषिराजको ‘चुरीफुरी’
निर्मलको नयाँ गीत ‘अचेल मायाको’
अब पालो दोश्रो मिस्टर एन्ड मिस रौनियार २०२१ को