ताल संरक्षणका लागि मन्त्रालयसँग साझेदारी

रासस

शुक्रबार, ३० माघ २०७७, ०९ : २९
ताल संरक्षणका लागि मन्त्रालयसँग साझेदारी

नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती नगरपालिकास्थित टरुवा तालको संरक्षण र यसलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न रु सात करोडको लागतमा कार्यक्रम गरिने भएको छ । 

कावासोती नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा टरुवा तालको संरक्षणसँगै पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न लागिएको हो । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रमअन्तर्गत रु सात करोड बराबरको काम गर्न लागिएको कावासोती नगरपालिका प्रमुख चन्द्रकुमारी पुनले बताईन्  । ताल अहिले झारले ढाकेर जीर्ण बनेको छ ।

कावासोती–७ र ८ अन्तर्गत टरुवा ताल तथा सिद्धेश्वर क्षेत्र समेटेर पर्यटकीय विकासका कार्यक्रम गरिने छ । नगरपालिकाकै मत्वपूर्ण पर्यटकीय क्षेत्रको सम्भावनाका रूपमा रहेको टरुवा तालसहितको क्षेत्र आवश्यक पूर्वाधारको अभावमा ओझेल पर्दै आएको थियो । यस क्षेत्रलाई नमूना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको साझेदारीमा अब काम अगाडि बढ्ने नगरप्रमुख पुनले बताए । 

नगरपालिकाको हरेक क्षेत्रको विकासमा आफूहरु नगरस्तरबाट लागेको बताउँदै  प्रदेश र सङ्घसँग समेत साझेदारीमा यहाँको विकासका लागि काम अगाडि बढाइरहेको उनले बताईन्  । “हामी नगरका हरेक क्षेत्र समेटेर विकासका कामलाई अगाडि बढाइरहेका छौँ, पर्यटकीय क्षेत्रको विकासमा मन्त्रलायसँग समेत साझेदारीमा काम गर्न लागेका छौँ”, नगरप्रमुख पुनले भनिन् , “आवश्यकताअनुसार प्रदेश र सङ्घसँग समन्वय गर्दै अघि बढ्नेछौँ ।”

पर्यटकीय क्षेत्रको विकासका लागि मन्त्रलायसँगको साझेदारीमा काम अघि बढन् लाग्नु खुशीको कुरा भएको नगरप्रमुख पुनले बताईन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबार साझेदारीमा काम गर्न लागिएका देशभरका २०० योजनाको सूची सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस