संसद् पुनःस्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं:  गगन थापा

पत्रपत्रिकाबाट

शुक्रबार, ३० माघ २०७७, ०८ : ४५
संसद् पुनःस्थापनापछि राष्ट्रपतिलाई घर पठाउँछौं:  गगन थापा

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसद् पुनःस्थापना भएपछि राष्ट्रपतिलाई घर पठाउने चेतावनी दिएका छन् । बिहीबार विराटनगरमा नेपाली कांग्रेस बिराटनगर समितिले अयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै थापाले संसद् पुनःस्थापाना भएपछि राष्ट्रपतिलाई घर पठाउने चेतावनी दिएका हुन् ।  

राष्ट्रपतिले प्रधानमन्त्रीले विपरित गरेका कामलाई सदर गरेर संविधानको संरक्षकको भूमिकासमेत निर्वाह गर्न नसकेको थापाले बताए । उनले संवैधानिक व्यवस्थाविपरीत प्रधानमन्त्रीले गरेका सिफारिसमा समेत राष्ट्रपतिले सामान्य छलफल नगरेको थापाको गुनासो छ । ‘विगतमा कांग्रेसको सरकारले गरेका सिफारिसलाई रोक्ने, फिर्ता पठाउने राष्ट्रपति यतिबेला रबरस्टाम्प बन्दै प्रधानमन्त्रीले जे सिफारिस गरेपनि एक मिनेट नपर्खी स्वीकृत गरिरहनुभएको छ,’ थापाले भने । 

थापाले पदको गरिमा नराख्ने शासकविरुद्ध बोल्ने अधिकार लोकतन्त्रमा हुने भएकाले राष्ट्रपतिविरुद्ध बोल्दैमा जेल जानुपर्ने भए आफूहरू पनि जेल जाना तयार रहेको बताए । ‘विगतमा राजाले गलत कदम चाल्दा राजाविरुद्ध बोल्न डराएनौं,’ उनले भने, ‘अहिले राष्ट्रपतिविरुद्ध बोल्दा जेल जानुपर्छ भने हामी पनि जेल जान तयार छौं ।’ बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार नभएको भन्दै थापाले प्रतिनिधिसभा विघटन संविधानविपरीत रहेको स्पष्ट पारे । 

थापाले प्रतिनिधिसभा विघटनको मुद्दामा अदालतले संविधानमा भएको व्यवस्थाअनुसार फैसला गर्नेमा आफूहरू ढुक्क रहेको बताए । उनले अदालतल सरकार र आन्दोलनकारीहरू कसैको दबाबमा नपरी निष्पक्ष फैसला गर्न आग्रह गरे । ‘कानुनको साँघुरो किल्लाभित्र न्यायको हत्या नहोस्,’ थापाले भने‘संविधानअनुसार अदालतबाट फैसाला हुनेमा हामी ढुक्क छौं ।

’ लोकतन्त्रमा निर्वाचन आवश्यक भएकाले कांग्रेस कहिल्लै पनि चुनावबाट नभाग्ने थापाले बताए । ‘हामी निर्वाचनमा जान्छौं,’ थापाले भने, ‘तर, संसद् पुनःस्थापना गरेर मात्रै ।’ सनकको शिकार भएको संविधानलाई ठीक नगरी निर्वाचनमा गए सेटिङमा निर्वाचन हुने र सेटिङमा हुने निर्वाचनले राम्रो परिणाम नदिने स्पष्ट पारे ।  नागरीक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस