अन्तरराष्ट्रिय जगत्मा प्रवेश गर्दै नेपाल टेलिभिजन

रासस

विहीबार, २९ माघ २०७७, १२ : १२
अन्तरराष्ट्रिय जगत्मा प्रवेश गर्दै नेपाल टेलिभिजन

काठमाडौँ ।नेपालको पहिलो श्रव्यदृष्य प्रसारक संस्थाका रुपमा स्थापित ‘नेपाल टेलिभिजन’ अन्तरराष्ट्रिय जगत्मा प्रवेश गर्दै छ । विसं २०४१ माघ १७ गते स्थापित एनटिभीले भूउपग्रह र इन्टरनेटका माध्यमबाट नेपालको पहिचान, सम्भावना र उपस्थितिलाई अन्तरराष्ट्रिय क्षेत्रमा लैजान अङ्ग्रेजी भाषाको एउटा सशक्त प्रसारण माध्यमका रुपमा ‘एनटिभी वल्र्ड’ आरम्भ गर्ने योजना अघि सारेको अध्यक्ष डा महेन्द्र विष्टले जानकारी दिए । 

अध्यक्ष विष्टले भने ,“वर्तमान अवस्थामा नेपाल विश्वको मानचित्रमा अलग्गै मुलुकका रुपमा जस्तो छैन, विश्वमा देखिने र सुनिने मुलुकका रुपमा स्थापित हँुदै गएको छ, यस्तो अवस्थामा नेपालको हरेक क्षेत्रलाई प्रबद्र्धन गर्ने र नेपालका बारेमा विश्वलाई जानकारी दिने महत्वपूर्ण माध्यमका रुपमा स्थापित गर्ने गरी अङ्ग्रेजी भाषाको अन्तरराष्ट्रिय च्यानल एनटिभी वल्र्ड स्थापना गर्ने योजनामा छौँ ।

” एनटिभीले प्रादेशिक उत्पादन स्टुडियोसहित ब्युरो स्थापना गर्ने पनि भावी योजना बनाएको छ । साढे तीन दशक लामो यात्रा पूरा गरेको एनटिभीले च्यानलको सङ्ख्या, प्रविधि र प्रसारण क्षमतामा परिवर्तनसँगै विकास गरेको छ । 

‘विकासका लागि सञ्चार’ भन्ने मूल नारासहित स्थापित एनटिभीले मुलुकको राष्ट्रिय प्रसारकको दायित्व पूरा गर्ने क्रममा घटना र विषयलाई उजागर गर्दै नेपालको जातीय, भाषिक, सांस्वृmतिक र प्रावृतिक विविधताको प्रबद्र्धन एवं राष्ट्रहितको सम्बद्र्धनमा समेत महत्वपूर्ण योगदान गर्दै आएको छ ।

करीब १७ वर्षसम्म एक्लैले देशमा टेलिभिजन प्रसारण संस्थाको दायित्व निर्वाह गरेको एनटिभीले अहिले ‘नेपाल टेलिभिजन–राष्ट्रिय प्रसारण’, ‘एनटिभी प्लस’, ‘एनटिभी न्यूज’, ‘एनटिभी कोहलपुर’ र ‘एनटिभी इटहरी’मार्फत सेवा विस्तार गरिरहेको छ ।  
 

प्रतिक्रिया दिनुहोस