काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विद्यमान प्रतिसेयर अङ्कित मूल्य १०० को व्यवस्थालाई परिवर्तन गरी प्रतिसेयर अङ्कित मूल्य ५० कायम हुने भएको छ । कम्पनीको बुधबार सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।कम्पनीले साना लगानीकर्ताको समेत कम्पनीको सेयरमा सहज पहुँचका बढाउन प्रतिकित्ता अङ्कित मूल्यलाई आधा घटाएको जनाएको छ ।
सभाले कम्पनीको ५१ प्रतिशत लाभांश पारित गरेको छ । सभाले ३१ प्रतिशत बोनस सेयर र करसहित २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ । बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी सात अर्ब १९ करोड ९९ लाख ७० हजार रुपियाँभन्दा बढी पुगेको छ । यो जीवन बीमा क्षेत्रमा सबैभन्दा बढी पुँजी भएको कम्पनीको दाबी छ ।
यसैबीच सञ्चालक समितिको मङ्गलबार बसेको बैठकले कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरी सोको स्वीकृतिका लागि बीमा समितिमा पठाउने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, २९ माघ २०७७, ०७ : २७
लेखकबाट थप