केपी ओली कहाँको पहिलो अध्यक्ष ? बालकोटको होला, ओली गुटको होला : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, १६ : ०५
केपी ओली कहाँको पहिलो अध्यक्ष ? बालकोटको होला, ओली गुटको होला : अध्यक्ष नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली अल्पमतमा रहेकोले नेकपा अध्यक्ष नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बुधबार काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

केपी ओलीले निर्वाचन आयोगमा गएर आफू पहिलो अध्यक्ष भएको भन्दै धम्क्याएको दाबी गर्दै अध्यक्ष नेपालले भने, ‘केपी ओली कहाँको पहिलो अध्यक्ष ? बालकोटको होला, ओली गुटको होला ।’

अध्यक्ष नेपालले भने, ‘दस्तावेज हेरे हुन्छ, सर्कुलर हेरे हुन्छ । विधान हेरे हुन्छ । त्यसमा पनि शंका छ भने चार सय ४१ जना केन्द्रीय सदस्यलाई बोलाएर टाउको गने हुन्छ । ओलीको पक्षमा कति ? सय जना । हाम्रो पक्षमा कति उभिएका छन् ? तीन सय जना । तीन सय जनाको बहुमत हुन्छ कि सय जनाको ?’

प्रतिक्रिया दिनुहोस