सामाजिक फासीवादको यात्रामा प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

बुधबार, २८ माघ २०७७, ०९ : ५१
सामाजिक फासीवादको यात्रामा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपि ओली सामाजिक फासीवादको यात्रामा लागेको उनका पछिल्ला गतिविधिले प्रष्ट पारेको छन् । संविधान मिचेको छ, विधि र प्रक्रिया सबै मिचेर सत्ता कब्जा गर्ने र मुलुकलाई राजनीतिक दुश्चक्रमा फसाउने ध्येयका साथ उनले पछिल्ला दिनमा गतिविधि अगाडि बढाएका छन् । नेपाली जनतालाई भुसुना बराबर पनि नठानेका ओलीले अगाडि सारेको गतिविधि तथा चरित्रले पनि सोही कुराको पुष्टि गर्दछ । राष्ट्रवादको कथित नारा दिएर सरकारमा पुगेका ओलीले गत पुस ५ गते संविधानमा नै नभएको व्यवस्था प्रयोग गरेर प्रतिनिधि सभाको विघटन गरे । त्यसलाई हेर्दै नहेरी राष्ट्रपतिले पनि सदर गरिदिइन् । 

उनले हुँदै नहुने र हुन नसक्ने प्रतिनिधि सभाको निर्वाचन घोषणा गरे । किनकि खड्ग ओलीलाई राम्रोसँग थाहा छ वैशाखामा निर्वाचन हुँदैन र गर्न सकिँदैन । सोही गर्न नसकिने र नहुने निर्वाचन घोषणा गरेर उनले मुलुकलाई अन्धकारमा धकेलेका छन् । प्रतिगमनमा धकेलेका छन् । राजनीतिक विश्लेषकहरू भन्छन्, आफू भए ठीक, अरू भए बेठीक तथा कुर्सी नै भाँचिदिनेसम्मको षड्यन्त्र गरे । विगतमा राजा ज्ञानेन्द्रको शैलीमा उनले देशलाई अराकजतामा धकेले । जुन राजनीतिक रूपमा अराजकता, संवैधानिक रूपमा गैरकानुनी तथा सामाजिक रूपमा फासीवादतर्फको यात्रा हो । ओली आफू मात्र ठीक अरू सबै बेठीक भन्ने हठ देखाएका छन् । 

उनले जुनखालको व्यवहार देखाएका छन् त्यसले उनलाई पतनको दिशामा नै अगाडि बढाएको छ । ढिलोचाँडो न हो, ओली इतिहासको गर्तमा नराम्ररी फालिनेछन् । उनले ज्ञानेन्द्रले भन्दा ठूलो हानि नेपाली जनताका सामु बेहोर्नुपर्नेछ । तानाशाहहरू नेपाली जनताका सामु नहारेको इतिहास नै छैन । नेपालमा मात्रै होइन संसारभर नै जनताका विरोधी पतन नै भएका छन् । उनीहरू इतिहासको कालो पानामा सीमित भएका छन् । यो तथ्यलाई बुझेका भनिएका खड्ग ओलीले पनि आफूलाई जनविरोधी कित्तामा उभ्याएका छन् । उनी भन्दैछन् मैले देशका लागि गरे, जनताका लागि गरे । 

नेपालको संविधनले प्रधानमन्त्रीलाई कुनै पनि हिसाबले प्रतिनिधि सभाको विघटन गर्ने अधिकार दिएको छैन । संसदमा बहुमत जुटाउन नसकेको अवस्थामा मात्रै विभिन्न तह पार गरेपछि मात्रै विघटन गर्ने व्यवस्था छ । 

प्रतिक्रिया दिनुहोस