संस्कृति र पर्यटनका विकास समितिको छाता कानून निर्माण गरिँदै

रासस

मंगलबार, २७ माघ २०७७, १७ : १५
संस्कृति र पर्यटनका विकास समितिको छाता कानून निर्माण गरिँदै

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले आफू अन्तर्गतका विकास समितिको छाता विधेयकको मस्यौदा बनाउन शुरु गरेको छ ।
 
मन्त्रालयमा संस्कृतिसँग सम्बन्धित ११ र पर्यटनसँग सम्बन्धित १४ विकास समिति छन् । हालसम्म यी समिति गठन आदेशानुसार सञ्चालनमा छन् । छाता विधेयक पारित भई प्रमाणीकरणपछि गठन आदेश खारेज हुने मन्त्रालयका संस्कृति महाशाखा प्रमुख लक्ष्मी बस्नेतले  जानकारी दिए। विधेयकको प्रारम्भिक मस्यौदा तयार पारी २५ वटै समितिसँग छलफलसमेत गरिएको उनले बताए ।
 
समितिहरुसँगको अन्तक्र्रियापछि मस्यौदालाई संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला र अर्थ मन्त्रालयको राय सुझावका लागि पठाइने छ । दुवै मन्त्रालयको राय आएपछि मन्त्रिपरिषद्मा पठाइने मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्ले प्रक्रिया पूरा गरी विधेयक संसद्मा दर्ता गर्नेछ ।

संस्कृतिसम्बन्धी ११ समितिमा नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति, पाथीभरा क्षेत्र विकास समिति, बराह क्षेत्र विकास समिति, हलेसी महादेवस्थान विकास समिति, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति छन् । यसैगरी बूढानीलकण्ठ क्षेत्र विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन सङ्ग्रहालय विकास समिति, देवघाट क्षेत्र विकास समिति, भानु जन्मस्थल विकास समिति र बौद्धदर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति रहेका छन् । 

प्रतिक्रिया दिनुहोस