२० वर्षपछि भन्सार एजेन्टको विज्ञापन खुल्दै

सफल खबर संवाददाता

मंगलबार, २७ माघ २०७७, ०९ : ५७
२० वर्षपछि भन्सार एजेन्टको विज्ञापन खुल्दै

काठमाडौं । भन्सार एजेन्टको नयाँ लाइसेन्स यही आर्थिक वर्षभित्र जारी हुने भएको छ । २० वर्षदेखि हुन नसकेको नयाँ भन्सार एजेन्ट थप्ने प्रक्रियालाई अन्तिम चरणमा पुर्याएको भन्सार विभागले जनाएको छ ।

विभागले अघिल्लो वर्ष नै यस्तो परीक्षा सञ्चालन गर्ने तयारी गरेको भए पनि कोभिड–१९ महामारी सुरु भएपछि यो प्रक्रिया यत्तिकै रोकिएको थियो । संक्रमण दर घट्दै गएको र खोप समेत आइसकेको अवस्थामा महामारी कम भएको आँकलनसहित तयारी अघि बढाइएको हो । त्यसका लागि १÷२ चरणको छलफल समेत भइसकेको विभागका प्रवक्ता शिशिर घिमिरेले जानकारी दिए । विभागले नयाँ लाइसेन्स परीक्षाको पाठ्यक्रम र कार्यविधि समेत तयार गरिसकेको छ ।

हामीले त्यो परीक्षाका लागि पाठ्यक्रम, कार्यविधि, परीक्षा सञ्चालन दिग्दर्शनहरु सबै तयार गरिसकेका छौं । अब सूचना निकाल्ने र परीक्षा लिने काम मात्रै बाँकी छ,’ घिमिरेले भने, ‘अब तत्कालै सूचना निकाल्ने कि केही समय अझै कुर्ने भन्ने भन्ने विषय मात्रै बाँकी हो । संक्रमण घट्दै गएको र खोप आइसकेको अवस्थामा अब तत्कालै विज्ञापन खुल्ने सम्भावना पनि छ ।’ लाइसेन्स परीक्षामा दशौँ हजार परीक्षार्थी सहभागी हुनसक्ने भएकोले यस्तो परीक्षालाई चुनौतीपूर्ण मानिएको घिमिरे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस