मध्यपहाडी राजमार्ग निर्माण हुँदै

रासस

मंगलबार, २७ माघ २०७७, ०९ : ३१
मध्यपहाडी राजमार्ग निर्माण हुँदै

काठमाडौं । गत वर्ष कोभिड–१९ का कारण निर्माणमा अवरोध पुगे पनि चालु आर्थिक वर्षमा मध्यपहाडी राजमार्गका विभिन्न खण्डमा निर्माण अघि बढाइएको छ । विसं २०७९र८० सम्ममा राजमार्ग सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको पुष्पलाल ९मध्यपहाडी० राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ ।

गत वर्षको क्षतिसमेत पूर्ति गर्ने गरी निर्माणको काम अघि बढाइएको निर्देशनालयका सूचना अधिकारी प्रकृति पाण्डेले बताए । उनका  अनुसार गत आवमा लिइएको लक्ष्यभन्दा एकतिहाइ मात्रै सडक निर्माण गर्न सकिएको थियो । चालु आवमा अहिलेसम्म अवरोध नभएकाले निर्माणको काम अघि बढिरहेको छ । उहाँले भन्नुभयो, “सबै कुरा अनुकूल हुँदा काम भइरहेको छ ।”

गत आवमा ३०० किमी सडक कालोपत्रको लक्ष्य रहेकामा चालु आवमा पनि ३०० किमी नै लक्ष्य लिइएको छ । कोभिडका कारण गत वर्ष ११३ किमी सडक मात्रै कालोपत्र गर्न सकिएको निर्देशनालयले जनाएको छ । गत आवको बाँकी र चालु आवको गरी झण्डै ५०० किमी सडक कालोपत्र गर्नुपर्ने छ । त्यो पूरै नसकिए पनि त्यसको नजिक पुग्न सकिने पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस