काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३३३ जनाको स्वास्थ्य परीक्षण गर्दा १३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ५५ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप १९४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । योसँगै उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६८ हजार २६६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर एक हजार ७४४ सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये ९२ जना क्वारेन्टिनमा र एक हजार ७४४ जना आइसोलेशनमा छन् । हालसम्म नेपालमा २० लाख ९६ हजार ७५० को पिसिआर परीक्षण भएको छ । सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा एक हजार १२० रहेको छ ।
थप सात जनाको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना सङ्क्रमणबाट नेपालमा मृत्यु हुनेको सङ्ख्या दुई हजार ४५ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ माघ २०७७, २० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै