तीन जना हिरोइनको ‘चुरीफुरी’

सफल खबर संवाददाता

सोमबार, २६ माघ २०७७, १६ : ४२
तीन जना हिरोइनको ‘चुरीफुरी’

काठमाडौं । हिरो हिरोइन गोप्य राखेर पुसको अन्तिम साताबाट छायाँकन थालेको फिल्मले कलाकार सार्वजनिक गरेको छ । निर्माण युनिटले मोडल अभिषेक श्रेष्ठ, पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङलाई फिल्मको हिरो हिरोइनको रुपमा सार्वजनिक गरेको हो । यी सबैले यसै फिल्ममार्फत ठुलो पर्दाको अभिनयमा डेब्यु गर्न लागेका हुन् ।

फिल्ममा रविन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुवोध गौतम (एदुमे), पवन खतिवडा )म्याकुरी), सुरवीर पण्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, मनिल तामाङ, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, रश्मी आचार्य, सरिस्मा मगरलगायतले अभिनय रहनेछ । ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशन रहेको फिल्म समसामयिक बिषयमा कमेडी मिसाएर निर्माण हुन लागेको हो ।

आरबि मुभिजको ब्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह–निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । राहुल राईको छायाँकन रहने फिल्ममा भिमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला निर्देशन र दीपक शर्माको संगीत रहनेछ । नवीन निरौलाले सम्पादन गर्ने फिल्मको सुटिङ अन्तिम चरणमा पुगेको निर्देशक आचार्यले बताए ।
 

प्रतिक्रिया दिनुहोस