इन्जिनियरिङ क्याम्पसको प्रशासनमा अखिलको तालाबन्दी

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १३ : ५१
इन्जिनियरिङ क्याम्पसको प्रशासनमा अखिलको तालाबन्दी

चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन नेपाल पोलीटेक्निक इन्स्टिच्युट पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ क्याम्पस कमिटिले क्याम्पस प्रशासन कक्षमा तालाबन्दी गरेको छ ।

कमिटिका संयोजक संगम तामाङले आइतबार विज्ञप्ति जारी गर्दै आफूहरुले क्याम्पस प्रशासनसमक्ष राखेका सातबुँदे माग पूरा नभएकोले तालाबन्दी गर्नुपरेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘विद्यार्थीले उठाएका जायज मागहरुलाई बेवास्ता गरी विद्यार्थीहरुमाथि दमन गर्ने नियत राखेकोले अनेरास्ववियू क्याम्पस प्रशासनमा तालाबन्द गर्न बाध्य भएको छ ।’

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस