फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन देउवाको अपिल

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १० : ४१
फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन देउवाको अपिल

काठमाडौं । कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको विरुद्धमा नेपाली कांग्रेसले फागुन ३ गते फेरी विरोध प्रदर्शन गर्ने भएको छ। फागुन ३ मा हुने  प्रदर्शनलाई सभापति शेरबहादुर देउवाले व्यापक बनाउन अपिल गरेका छन्।

शनिबार कांग्रेसले गरेको प्रदर्शनपछि विज्ञप्ति जारी गर्दै देउवाले फागुन ३ मा हुने प्रदर्शनलाई व्यापक बनाउन भनेका छन्। ‘प्रदर्शनले के.पी. शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड-१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध जनभावना अभिब्यक्त गरेको छ,’ देउवाले भनेका छन्।

उनले अब हुने प्रदर्शनलाई व्यापक बनाउन पनि अपिल गरेका छन्। ‘फागुन ३ गते नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुद्वारा गरिने विरोध प्रदर्शनलाई अझ व्यापक र प्रभावकारी बनाउन समेत सबैमा अपील गर्दछु,’ उनले भनेका छन्।

प्रतिक्रिया दिनुहोस