काठमाडौँ । पछिल्लो २४ घण्टामा ९९ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ८ सय ६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ८ सय १२ पुगेको छ।
हाल देशभर १ हजार ९ सय ५९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन , हालसम्म मृत्यु हुनेको संख्या २ हजार ३५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ माघ २०७७, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नोबेल अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
भारतमा बढ्न थाले कोरोना संक्रमित, १२ जनाको मृत्यु, ४ नयाँ भेरियन्ट पुष्टि