थपिए १०५ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १७ : ०६
थपिए १०५ जना कोरोना संक्रमित, २ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा १०५ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३५ पुगेको छ ।

शुक्रबार २७२  जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ५६४ पुगेको छ । हाल देशभर २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस