काठमाडौं । नेपाल बन्द आह्वान गरेका नेकपा प्रचण्ड–नेपाल समूह बाराका आठ नेता पक्राउ परेका छन् । पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन भरतचोकमा जम्मा भई गाडी चल्न अवरोध गरेपछि तिनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नेकपाका कलैया उपमहानागरपालिका नगर अध्यक्ष जवाहिर अञ्सारी, सचिव मुकेश साह, बैजनाथ साह, राजेश पटेल, हरिओम साह, सन्दीप यादव, अरुण खनाल र महम्द अञ्सारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेका ती सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ
सिरहा–३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
श्रीमतीको हत्यापछि भागेका व्यक्ति पक्राउ
डकैतीमा संलग्न रहेको आरोपमा चारजना पक्राउ
युवकको हत्या अभियोगमा दुई जना पक्राउ
स्रोत नखुलेको १४ लाख नगदसहित युवक पक्राउ