काठमाडौं । नेपाल बन्द आह्वान गरेका नेकपा प्रचण्ड–नेपाल समूह बाराका आठ नेता पक्राउ परेका छन् । पार्टीले घोषणा गरेको हड्ताल सफल बनाउन भरतचोकमा जम्मा भई गाडी चल्न अवरोध गरेपछि तिनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नेकपाका कलैया उपमहानागरपालिका नगर अध्यक्ष जवाहिर अञ्सारी, सचिव मुकेश साह, बैजनाथ साह, राजेश पटेल, हरिओम साह, सन्दीप यादव, अरुण खनाल र महम्द अञ्सारीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
पक्राउ परेका ती सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, २२ माघ २०७७, २० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खैरो हेरोइन र नगदसहित युवक पक्राउ
बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ
प्रहरी कार्यालयमा आगजनी गर्ने झापाबाट १० जना पक्राउ
बसको ठक्करबाट युवकको मृत्यु, चालक पक्राउ
नेपाल ट्रस्टका पूर्व सचिव लेखबहादुर कार्की पक्राउ
वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ