राती न्यानो कपडा लगाएर सुत्दा हुनसक्छन् यस्ता ७ हानी, डाक्टरले बताए सावधानी र बच्ने तरिका

एजेन्सी

विहीबार, २२ माघ २०७७, १५ : ००
राती न्यानो कपडा लगाएर सुत्दा हुनसक्छन् यस्ता ७ हानी, डाक्टरले बताए सावधानी र बच्ने तरिका

काठमाडौं । चिसो मौसममा जाडो हुन्छ त्यसैले हामी दिउँसो त न्यानो कपडा लगाउँछौं नै राती पनि न्यानो कपडा लगाएर सुत्ने गर्छौं तर राती न्यानो कपडा लगाएर सुत्न हुँदैन भन्ने कुरा तपाईंलाई थाहा छ ? भारतको आगराकी एएसएन मेडिकल कलेजमा कन्सल्टेन्ट डर्मटोलोजिस्ट डा. इशियाका अनुसार जसले राती लगातार न्यानो कपडा लगाएर सुत्छन् उनीहरुलाई स्क्याबजि नामको रोग लाग्ने गर्छ । स्क्याबिज एक प्रकारको किरा हो जसले टोक्दा चिलाउने र रातो फोका निस्किने गर्छ । परिवारमा सबै व्यक्तिले एउटै सिरक ओढ्दा पनि यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा तीब्र रुपमा फैलने गर्छ । राती न्यानो कपडा लगाउँदा छाला रुखो पनि हुन्छ । 

चिसो मौसममा छाला किन रुखो हुन्छ ?


डाक्टर राकाका अनुसार जब चिसो मौसम आउँछ तब हाम्रो छाला रुखो हुन्छ । एउटा एउटा कारण यो हो कि हाम्रो छाला पानीले बन्छ । हाम्रो शरीरमा जति पानी हुन्छ त्यति नै छाला राम्रो हुन्छ । यदि कसैको छाला चम्किलो छ भने यसको अर्थ उनको शरीरमा पानीको मात्रा  ठिक छ । छालामा पानी कम भएका बेला छाला रुखो, खस्रो र छालामा पाप्रो बन्न थाल्छ । चिसो मौसममा छालामा मोइश्चर कम हुन्छ । किनभने वरिपरिको तापक्रम कम हुन्छ । हाम्रो शरीरमा छालामा टेम्परेचन रेगुलेशन सिस्टम हुन्छ । हाम्रो छालाले आफ्नो तापक्रम आफसे आफ रेगुलेट गर्ने गर्छ । यसैकारण गर्मीमा हाम्रो शरीरले पसिना निकाल्छ ता कि हाम्रो शरीरभित्र गर्मी पैदा नहोस् । यस्तै जब चिसो हुन्छ तब हाम्रो शरीरले पानी वा पसिना आफूतिर तान्छ । छालामा भएको पानी शरीरले सोस्ने गर्छ जसका कारण हाम्रो छाला रुखो हुने गर्छ । 


शरीरले पानी दुई किसिमले पाउँछ, एउटा हामीले जे पिउँछौं वा खान्छौं र दोस्रो शरीरले आफ्नो वरिपरिको वातावरणमार्फत् पानी सोस्छ । तर चिसो मौसममा शरीर रुखो हुन्छ किनभने हामी तातो कपडा लगाउँछौं, पानी कम पिउँछौं, तातो पानीले नुहाउँछौं र शरीरले आसपासको वातावरणबाट पर्याप्त पानी पनि सोस्न सक्दैन । यी कारणले शरीर रुखो हुने गर्छ । यदि राती हामी तातो कपडा लगाएर सुत्छौं भने राती जुन हाइड्रेशन पाउनु पर्ने हो त्यो पाइँदैन । केही मानिसहरु कोठामा ढोका बन्द गरेर हिटर बाल्छन्, झ्यालहरु पनि सबै लगाउँछन् । त्यस्तो अवस्थामा रुखोपन थप बढ्ने गर्छ । यसले छालालाई पनि बिगार्न सक्छ । 

राती न्यानो कपडा लगाएर सुत्नुका बेफाइदाः

१. एक्जिमाः

डाक्टरका अनुसार जब छाला अत्यधिक रुखो हुन्छ तब छालामा एक्जिमा बढ्नेछ, यसले छाला अत्यधिक चिलाउँछ । त्यसैले राती न्यानो कपडा लगाएर सुत्नु हुँदैन ।

२. छाला रोग बढ्नेछः

जसको छाला पहिले देखि नै संवेदनशील छ, उनीहरुले यस्तो समस्या भोग्नुपर्छ । तातो कपडाले शरीरको मोइस्चर गुम्ने गर्छ जसका कारण छाला रोग बढ्नेछ । 

३. एलर्जी थप बढ्नेछः

चिसो मौसममा न्यानो कपडा लगाएर सुत्दा एलर्जीको समस्या थप बढ्ने गर्छ । यदि तपाईंको छाला रुखो छ भने त्यसका भुवा पनि त्यसमा टाँस्सिन सक्छन् जसले गर्दा छालाको रोग बढ्ने गर्छ ।

४. खुट्टामा समस्याः

राती आफूलाई न्यानो पार्नका लागि मानिसहरुले मज्जाले लुगा लगाएका त हुन्छन् नै मोजा पनि लगाएर सुत्छन् तर डाक्टर राकाका अनुसार यस्तो गर्नु हुँदैन  किनभने ऊनमा थर्मल इन्सुलेसन हुन्छ जसले पसिनालाई राम्रोसँग सोस्न सक्दैनँ । यसका कारण ब्याक्टेरिया पैदा हुन्छ । यसले घाउ पनि बन्न सक्छ । त्यसैले डाक्टरले राती मोजा लगाएर सुत्नै परेको खण्डमा ऊनीको साटो कटनको मोजा लगाउन सल्लाह दिन्छिन् । 

५. ज्येष्ठ नागरिकलाई समस्याः

जसको उमेर बढी छ, उनीहरुको छाला पहिलेदेखि नै रुखो हुन्छ । चिसो मौसममा यो समस्या थप बढ्नेछ । यदि छालाले मोइस्चर नपाएको खण्डमा यो समस्या थप बढ्नेछ । 

६. उकुसमुकुस र चिन्ताः

राती जब तातो कपडा लगाएर सुत्नुहुन्छ तब शरीरमा अत्यधिक तातो बढ्छ । यसले बेचैनी र चिन्ता बढाउँछ । साथै रक्तचाप पनि कम हुन थाल्छ । 

७. मुटुरोगीका लागि खतराः

राती तातो स्वेटर लगाउँदा र तातो सिरक ओढ्दा शरीरको गर्मी लक हुन्छ । मुटुरोगीका लागि यो खतरा बन्न सक्छ । त्यसैले राती तातो कपडा लगाएर सुत्नु हुँदैन । 

रुखोपनाबाट बच्ने उपायः

१. सोक एण्ड फिल एप्रोचः

चिसो मौसममा एउटा कुरा के ध्यानमा राख्नुपर्छ भने हाम्रो शरीर बाहिर बाटै मोइश्चराइज हुन आवश्यक छ । यसका लागि तपाईं सोक एण्ड फिल एप्रोच अपनाउन सक्नुहुन्छ । यो एप्रोच अनुसार नुहाउने बित्तिकै शरीरमा नरिवलको तेल लगाउन आवश्यक छ । यसको अर्थ यो हो कि शरीरमा पहिले नै पानी थियो र त्यसमा तेल लगाएर हामीले शरीरलाई थप मोइश्चराइज गर्यौं । यसलाई सोक एण्ड फिल एप्रोच भनिन्छ । यो काम नुहाएको तीन मिनेट भित्रै गर्नुपर्छ । त्यसैले पनि यसलाई थ्री मिनेट रुल भनिन्छ । तेल लगाउँदा शरीरका थुप्रै समस्या टाढा हुन्छन् । यो तरिका सबै उमेरका मानिसहरुका लागि सहायक छ । 

२. असाध्यै तातो पानीले ननुहाउनुहोस्ः

डाक्टरका अनुसार अत्यधिक तातो पानीले ननुहाउनुहोस् । यदि चिसो मौसममा तातो पानीले नुहाउने बानी छ भने मनतातो पानीले नुहाउनुहोस् । 

४. छालामा सिधै ऊनीको कपडा नलगाउनुहोस्ः

चिसो मौसममा सिधै ऊनीको कपडा नलगाउनुहोस् । त्यो भन्दा अघि सुतीको कपडा लगाउनुहोस् । ऊनमा एक प्रकारको केमिकल हुन्छ जसले एलर्जी पैदा गर्न सक्छ । 

५. राती हिटर नबाल्नुहोस्ः

राती हिटर बालेर सुत्दा शरीरको मोइस्चर कम हुन्छ । त्यसैले राती हिटर नबाल्नुहोस् । यदि तपाईं हिटर चलाइहाल्नुहुन्छ भने पनि कोठामा भेन्टिलेसनको व्यवस्था हुनुपर्छ । यसो गर्दा कोठा कार्बोनडाइअक्साइडले भरिएको हुँदैन । 

६. राती मोइश्चुराइजर लगाउनुहोस्ः

राती यदि न्यानो कपडा नलगाइकन सुतिरहनुभएको छ भने शरीरलाई मोइश्चुराइज गरेर मात्रै सुत्नुहोस् । यसो गर्दा छालाका विभिन्न समस्या कम हुन्छन् । 

७. अत्यधिक पानी पिउनुहोस्ः

चिसो मौसममा पानी पिउन कम नगर्नुहोस् । शरीरमा ड्राइनेसको एउटा कारण यो पनि हो । त्यसैले दिनमा चार लिटर पानी पिउनुहोस् । फ्रेस जुस पनि पिउन सक्नुहुन्छ । 

८. हाइड्रेटिङ फलफूल खानुहोस्ः

यस्ता फलफूल खानुहोस् जसले शरीरमा पानीको कमी हुन दिँदैन जस्तै सुन्तला, स्याउ इत्यादि । यसले छालालाई भिटामिन प्रदान गर्छ र शरीरमा पानीको कमी पूरा हुन्छ । 

९. सूप पिउनुहोस्ः

यदि तपाईंको उमेर बढी छ भने तपाईंको छाला अत्यधिक ड्राइ हुनसक्छ, यस्तो अवस्थामा मानिसहरुले धेरै सूप पिउनुपर्छ । यसले पौष्टिक र हाइड्रेशन दुबै पाइन्छ । 
 

प्रतिक्रिया दिनुहोस