काठमाडौँ । पछिल्लो २४ घण्टामा १४२ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ३१ पुगेको छ ।
बुधबार २०६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६७ हजार ६५ पुगेको छ । हाल देशभर २ हजार ३ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ माघ २०७७, १६ : ४७
लेखकबाट थप