राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायका प्रमुखको नियुक्ति, को को भए नियुक्त ? (सूचीसहित)

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १३ : ३७
राष्ट्रपति भण्डारीद्वारा संवैधानिक निकायका प्रमुखको नियुक्ति, को को भए नियुक्त ? (सूचीसहित)

file photo

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका प्रमुख र पदाधिकारीको नियुक्ति गरेकी छिन् । उनीहरुको आजै पद तथा गोपनियताको शपथ भइसकेको छ । 

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार अख्तियारको प्रमुख आयुक्तको रुपमा प्रेम कुमार राईको प्रवेश भएको छ । प्रधानमन्त्री केपी ओली निकट मानिने उनी पूर्व गृहसचिव हुन् । अख्तियारको आयुक्तमा जयबहादुर चन्दको समेत नियुक्ति भएको छ । उनलाई तत्कालीन देउवा सरकारले प्रहरी प्रमुख बनाउन खोजेपछि अदालतले उल्ट्याइदिएको थियो । एआईजीबाट अवकाश भएपछि उनले अहिले फेरि काँग्रेस सभापति शेरबहादुर देउवाकै जोडबलमा अख्तियारमा प्रवेश पाएका हुन् । अख्तियारकै आयुक्तको रुपमा किशोर कुमार सिलवाल पनि नियुक्त भएका छन् । 

निर्वाचन आयोगमा निर्वाचन आयुक्तको रुपमा राम प्रसाद भण्डारी र डा जानकरी कुमारी तुलाधरको प्रवेश भएको छ । मानवअघिकार आयोगको अध्यक्षमा तप बहादुर मगर नियुक्त भएका छन् भने राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, दलित आयोग, समावेशी आयोग, मधेसी आयोग, आदिवासी जनजाति आयोग, थारु आयोग र मुस्लिम आयोगमा पनि प्रमुख तथा पदाधिकारी नियुक्त भएका छन् ।

हेर्नुहोस् सूची :

प्रतिक्रिया दिनुहोस