आयोडिनको कमीबाट हुने समस्याबाट बच्न साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अभियान ‘आयो मन्थ’

गाँउ देखि शहर सम्म सचेतनामुलक कार्यक्रम

प्रकाश सिग्देल

बुधबार, २१ माघ २०७७, ०९ : २१
आयोडिनको कमीबाट हुने समस्याबाट बच्न साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको अभियान ‘आयो मन्थ’

प्रकाश सिग्देल
चितवन । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले आयोडिनयुक्त नुनको प्रबर्धन तथा जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले ‘आयो मन्थ’ मनाएको छ । फेबु्रअरी महिनालाई आयोडिन युक्त नुनको प्रर्बधन गर्ने महिनाका रुपमा हरेक वर्ष मनाउदैं आएको र यस वर्ष पनि माघ १९ गतेबाट ‘आयो मन्थ’ को रुपमा मनाईएको साल्ट ट्रेडिङ्ग कर्पोरेशन चितवनका प्रमुख बुद्धि बिनोद दाहालले बताए ।

नेपालमा कोरोना संक्रमण अझै पनि जोखिमपूर्ण रहेकोले नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्दिष्ट गरेको नियम पालना गर्दै १ महिनासम्म कार्यक्रमहरु गर्ने दाहालको भनाई छ । आफुहरुले जिल्ला प्रशासन कार्यालय, सरकारी अस्पताल र भरतपुर महानगरपालिका जिल्लाका स्वास्थ्य संस्था सरकारी कार्यालयहरुमा ब्यानर प्रर्दशन गरेको दाहालले बताए । 

त्यस्तै हाटबजारमा, गाउँ गाउँमा टोलटोलमा पर्चा पम्पलेट बितरण, सचेतना कार्यक्रम र विद्यालयहरुमा पनि कार्यक्रम गरेको उनको भनाई छ । अरु विद्यालय स्तरीय र नगरपालिका, गाँउपालिका स्तरीय कार्यक्रमहरु योजना रहेको उनले बताए । कर्पोरेशनले आयोडिनको कमीबाट हुने समस्या निवारण सम्बन्धि जनचेतना जगाउने उद्देश्य अनुरुप फेबु्रअरी महिनालाई आयोडिनको कमीले हुने विकृतिहरु सम्बन्धी जनचेतना जगाउने महिनाको रुपमा मनाउने गरेको हो ।

फेबु्रअरी १ देखि महिनाभर ‘आयोडिन मन्थ’ को रुपमा मनाउने गर्दछ । युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालले सन १९९८ देखि हरेक फेबु्रअरी महिनालाई ‘आयोडिन मन्थ’को घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक गतिविधि संचालन गर्दै आएको छ । आयोडिनको कमीबाट उत्पन्न विभिन्न विकृतिहरु मध्ये भिजिवल गोइटर १९८५ र ८६ मा ४४.२ प्रतिशत रहेकोमा सन २००७ मा ०.४ प्रतिशतमा झर्न गएको र सो हाल समुदायमा नदेखिएको कपोरेशनले जनाएको छ ।

नेपाल सरकारको निर्देशन अनुसार कर्पोरेशनले आयोडिनयुक्त नुनको आपुर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सह शताब्दी विकास लक्ष्य अनुरुप सन २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नुन उपभोग गर्ने घर संख्या ९० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको थियो । सो लक्ष्य पुरा भएको छ । कर्पाेरेशनले सन २०१६ को नेपाल सरकारले गरेको एनएनएमएस सर्वे अनुसार ९१.० प्रतिशत घर परिवारले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाइएको बताएको छ ।

सन २०१६ मा नेपाल सरकारले गरेको एनडीएचएस सर्वेअनुसार ९४.५ प्रतिशत ५ वर्ष मुनिका बालबालिकाले उपयुक्त मात्रामा आयोडिन भएको नुन उपभोग गरेको पाईएको छ । यस उपलब्धीलाई जोगाई राख्न सम्बन्धित सबै निकायहरुको ध्यान दिनु जरुरी देखिएको कर्पोरेशनले जनाएको छ । कर्पोरेशनले किसानका लागी रासायनिक मलको समेत कारोबार गर्ने गरेको छ भने सुपथ मुल्य पसल सञ्चालन गरी नागरिकलाई सहजता प्रदान गर्दै आएको छ । निकै असहज अवस्थामा पनि साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले नागरिकलाई सहज सेवा प्रदान गर्दै आएको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस