काठमाडौं । अटोमा गाँजा बोक्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उहाँलाई हेटौंडा उपमहानगरपालीका–१९ नेवारपानीस्थित सडकखण्डबाट मङ्गलबार पक्राउ गरेको हो ।
मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उहा पक्राउ परेका हुन् । प्रहरीले चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा, रु ६७ हजार र भारतीय रुपैयाँ दुई हजार ५ सय पनि बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, २० माघ २०७७, १९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ