आन्दोलनकारीमाथि कारबाहीमा उत्रने सुरक्षाकर्मीलाई नोटिसमा राखिने

सफल खबर संवाददाता

मंगलबार, २० माघ २०७७, १३ : ४५
आन्दोलनकारीमाथि कारबाहीमा उत्रने सुरक्षाकर्मीलाई नोटिसमा राखिने

file photo

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिका प्रवक्ता योगेशकुमार भट्टराईले प्रेसनोट जारी गर्दै आन्दोलनकारीमाथि कारबाहीमा उत्रने सुरक्षाकर्मीलाई नोटिसमा राखिने बताएका छन् ।

नेकपा प्रचण्ड माधव पक्षको केन्द्रीय संघर्ष समितिले अनेरास्ववियूका नेता प्रसुन कार्कीलाई प्रहरीले कुटपिट गरेको घटनाको भर्त्सना गरेको छ । सोही सन्दर्भमा नेता भट्टराईको यस्तो भनाइ आएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको असंवैधानिक र प्रतिगामी कदमविरुद्ध आयोजित शान्तिपूर्ण कार्यक्रममा सहभागी नेता कार्कीलाई प्रहरीले पक्राउ गरी कुटपिट गरेको भट्टराईको दाबी छ । उनका अनुसार प्रहरीको कुटाइबाट कार्कीको आँखा र अनुहारमा गहिरो चोट लागेको छ ।

‘यस्तो निन्दनीय कार्य गर्ने प्रहरीमाथि कार्वाही गर्न माग गर्दछौं । आन्दोलनकरीहरुमाथि कारबाहीमा उत्रने कुनै पनि ब्यक्ति र सुरक्षाकर्मीका बारेमा पार्टीको संघर्स समितीले नोटीसमा राख्ने जानकारी समेत गराउदछौं’ प्रेसनोटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस