पछिल्लो २४ घण्टामा कोहि मर्नु परेन कोरोना संक्रमणबाट

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १६ : ४२
पछिल्लो २४ घण्टामा कोहि मर्नु परेन कोरोना संक्रमणबाट

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा  कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हिजोसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको थियो ।

यस्तै सोमबार १ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार १ सय १८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ६ सय पुगेको छ। यस्तै सक्रिय संक्रमितको संख्या २ हजार ४ सय ८९ रहेको छ ।