जनयुद्धको नामै सुन्नै नचाहने प्रधानमन्त्री ओलीलाई किन आयो एक्कासी जनमुक्ति सेनाको याद....

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, ११ : ४०
जनयुद्धको नामै सुन्नै नचाहने प्रधानमन्त्री ओलीलाई किन आयो एक्कासी जनमुक्ति सेनाको याद....

काठमाडौं । माओवादी जनयुद्धलाई कुहिएको फर्सी नामाकरण गरेर गाली गर्दै हिडेका प्रधानमन्त्री केपी ओली अहिले राजनीतिक रुपमा विवादमा घेरिएपछि केही सहानूभूति पाउन सकिन्छ कि भन्दै नयाँ नयाँ हत्कण्डा अपनाउन थालेका छन् । ओली आफैं अल्पमतमा छन्, चोईटिएर गएपछि थोरै नेता साथमा छन् । त्यही भएर, उनले विगतमा माओवादी आन्दोलनमा लागेका केही स्वार्थी मानिसलाई साथमा लिएर आफनो गुम्न लागेको साख जोगाउन सकिन्छ कि भनेर थप किर्ते धन्दा गर्न लागिपरेका छन् । 

सत्य निरुपण तथा मेलमिलाप आयोगलाई काम गर्न नदिने उनै ओली हुन् । बेपत्ता नागरिक खोजबिन आयोगलाई काम गर्न नदिने, मानवअधिकार आयोगलाई बेकामे बनाउने पनि उनी नै हुन् । गणतन्त्रको आन्दोलनलाई बयलगाडाको नाम दिने पनि उनै ओली थिए । माओवादी जनयुद्धलाई देख्नै नसक्ने पनि उनै ओली नै थिए, छन् र रहन्छन् । पार्टीको दस्तावेजमा वाध्यताले स्वीकार गरेको भएपनि जनयुद्धलाई आम नेपालीले मुक्तियुद्ध भनिरहँदा समेत ओली त्यसलाई स्वीकार गर्ने पक्षमा छैनन्  र रहने छैनन् । किनकी आन्दोलनलाई समेत स्वीकार गर्न नसक्ने ओलीले त्यसका घाइते, अपांगता भएका योद्धालाई कसरी स्वीकार गर्छन् ? पत्याउन सकिने कुरै छैन । 

माओवादी अपराधी हुन्, उनीहरुको कुनै धर्म, दया माया छैन, भन्ने पनि ओली नै थिए । तर आज कार्यकर्ता नभएपनि माओवादी आन्दोलनको नाममा केही साख जोगाउन सक्छु कि भनेर लिलाबहादुर थापाजस्ता मानिसलाई जनमुक्ति सेनाको कमाण्डर बनाउन ओली लागिपरेका छन् । यो उनको साजिस कुनै पनि तरिकाले मिल्ने विषय नै होइन र हुन पनि सक्दैन । 

उनले पछिल्ला दिनमा विगतमा माओवादी भएकै नाममा आपराधिक कर्ममा लागेका केही व्यक्तिलाई च्यापेर प्रचण्ड विरुद्ध परिचालन गर्ने साजिस गरिरहेका छन् । उनले माओवादी जनयुद्धसँग कुनै साइनो तथा सपनी नै नभएका लिलाबहादुर थापाहरुलाई माओवादी जनमुक्ति सेनाको कमाण्डरको बिल्ला भिराएर प्रचण्डमाथि निशाना साधेका छन् । यस्तै आपराधिक कर्म गरेको तथा चिनियाँ व्यापारी लुटपाटमा संलग्न रहेका कालीबहादुर खामहरुलाई प्रयोग गरेर प्रचण्डलाई दबाव दिने रणनीति अगाडि सारेका छन् । विगतमा पार्टी एक रहँदा जनयुद्धका घाइतेलाई राहत दिन पटक पटक प्रचण्डले आग्रह गर्दा अटेर गर्ने यिनै ओली थिए ।

माइतीघर मण्डलामा उनीहरुले पटक पटक आन्दोलन गर्दा पुलिस लगाएर खेदाउने, माओवादीहरु आफूखुसी लुटपाट गर्न जनयुद्ध चलाएको भन्ने पनि ओली थिए । माओवादी अपराधी हुन्, उनीहरुको कुनै धर्म, दया माया छैन, भन्ने पनि ओली नै थिए । तर आज कार्यकर्ता नभएपनि माओवादी आन्दोलनको नाममा केही साख जोगाउन सक्छु कि भनेर लिलाबहादुर थापाजस्ता मानिसलाई जनमुक्ति सेनाको कमाण्डर बनाउन ओली लागिपरेका छन् । यो उनको साजिस कुनै पनि तरिकाले मिल्ने विषय नै होइन र हुन पनि सक्दैन । 

शान्ति प्रक्रिया पूरा गर्ने विषयमा पटक पटक पार्टी अध्यक्ष प्रचण्ड र अरु नेताहरुले भन्दा कुनै पनि प्रक्रिया अगाडि बढाउन नदिने उनै ओली थिए । आज पार्टी पार्टी जस्तो नभएर गिरोहमा रुपान्तरित भएपनि सकिन लागेको लुटको स्वर्ग जोगाउन सकिन्छ कि भनेर ओलीले माओवादी जनयुद्धको नाममा सहानुभूति बटुल्न खोजेका छन् । तत्कालीन जनयुद्धका कमाण्डर प्रचण्ड ज्यूदै छन् । जनयुद्धले उठाएको एजेण्डा बोक्ने नेता तथा देशभरका हजारौ कार्यकर्ता नेकपाको आधिकारिक लाइनमा प्रतिबद्ध छन् । माओवादी जनयुद्धले स्थापित गरेका एजेण्डा भत्काउने, समावेशी, समानुपातिक प्रतिनिधित्व, संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्ध धावा बोल्ने ओलीले माओवादी योद्धालाई सहयोग गर्छन्, उनीहरुलाई साथ दिन्छन् भनेर कोही कसैले मुर्खता ग¥यो भने त्यो भन्दा नकाम अरु केही हुनै सक्दैन । 

उनले जुनखालको खेल माओवादी जनयुद्धको नाममा खेल्न खोजेका छन्, त्यो माओवादी आन्दोलनले स्थापित गरेका कार्यसूचीलाई भत्काउने र देशमा प्रतिगमन संस्थागत गर्ने उद्देश्यका साथ आएको छ । जनयुद्धका एजेण्डालाई सम्पूर्ण रुपमा खारेज गर्ने, गणतन्त्र, धर्मनिरपेक्षतालाई खारेज गर्ने तथा संविधान नै उल्ट्याउन लागेका खड्ग ओली र उनको गिरोहले माओवादीहरुलाई राहत देलान् र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्लान् भनेर सोच्नु पनि मुर्खता सिवाय अरु केही हुन सक्दैन । त्यसकारण ओलीको ललीपपमा कुनै पनि माओवादी योद्धा तथा जनमुक्ति सेनाका कमाण्डर भुल्न नहुने राजनीतिक विश्लेषकहरुको टिप्पणी छ । 

प्रतिक्रिया दिनुहोस