ओलीले  सामन्ती राजा रजौटा र निरंकुशतावादीसँग साँठगाठ गरेर संसद विघटन गरेका हुन् : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १८ माघ २०७७, १६ : ४६
ओलीले  सामन्ती राजा रजौटा र निरंकुशतावादीसँग साँठगाठ गरेर संसद विघटन गरेका हुन् : प्रचण्ड

file photo

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका राजा रजौटासँगको साँठगाँठमा प्रतिनिधि सभा विघटन गरेको बताएका छन् । 

आइतबार आफु निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले देशभित्रका सामन्ती राजा रजौटा र निरंकुशतावादीहरुसँग साँठगाठ गरेर प्रतिनिधि सभा विघटन गरेको बताएका हुन् । उनले देश बाहिरका दक्षिणपन्थी प्रतिक्रियावादीहरुको इशारामा ठुलो डिजाइन अन्र्तगत नेपाली जनतालाई अपमानित गर्ने रणनीतिका साथ जनताले हासिल गरेका राजनीतिक उपलब्धीमाथि प्रहार गरिएको पनि बताए ।

अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धीको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औल्याएका थिए । त्यसैगरी बैठकलाई सम्बोधन गर्दै नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले आफुतिर मान्छे तान्न भएभरको शक्ति लगाएको बताए । ओलीले भएभरको शक्ति लगाएर आफुतर्फ तान्ने प्रयास गरेको भएपनि धेरै नेताहरुले अस्वीकार गरेको उनको भनाई छ । प्रतिनिधि पुर्नस्थापना भए ओली पक्षका २० जना नेताहरुले आफुहरुलाई साथ दिने बचन दिएको पनि नेता नेपालले बताए ।

अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले पार्टीले गर्ने विरोध सभामा किसानहरुको तर्फबाट उल्लेख्य सहभागिता जनाउन तथा आफ्नो पक्षमा नेता कार्यकर्तालाई राखिरहन निर्देशन पनि दिएका छन् ।

प्रतिक्रिया दिनुहोस