यूएईले यस्ता विदेशीलाई नागरिकता दिने

एजेन्सी

आइतबार, १८ माघ २०७७, १२ : ३०
यूएईले यस्ता विदेशीलाई नागरिकता दिने

संयुक्त अरब इमिरेट्स यूएईले होनहार विदेशीलाई आफ्नो नागरिकता दिने घोषणा गरेको छ । त्यस्ता होनहार विदेशी जसले खाडीको यो देशलाई आफ्नो योगदानले थप उत्कृष्ट बनाउन सकून् । 

यूएईका उप–राष्ट्रपति तथा दुबईका शासक शेख मोहम्मद बिन रशीद अल मकतूमले देशका नागरिक बन्ने योग्यता राख्ने क्षमतावान् विदेशीमा लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार र विशेष क्षमता भएका व्यक्तिलाई देशको नागरिकता दिइने जानकारी दिए । 

उनीहरुका अनुसार होनहार विदेशी र उनका परिवारका सदस्यले दोहोरो नागरिकता राख्न सक्नेछन् । 

दुबईका शासक शेख मोहम्मद बिन रशीद अल कमतूम जुन कडा शर्तसहित विदेशीलाई यूएईको नागरिकता दिने कुरा गरिरहेका छन्, त्यसमा कम आयस्रोत भएका मानिसहरु सायदै अटाउन सक्लान् । 

शेख मोहम्मद बिन रशीद अल मकतूमका अनुसार यसको उद्देश्य ती मानिसहरुलाई आकर्षित गर्नु हो जसले ‘हाम्रो विकास यात्रामा योगदान’ दिन सकून् । 

यसका लागि भिन्न कुनै आवेदन प्रक्रिया हुने छैन । यूएईका शाही व्यक्ति र अधिकारीले कुनै विदेशी नागरिकलाई नागरिकता दिनका लागि नामांकन गर्नेछन् । यसका लागि यूएईको त्यसलाई मञ्जुरी दिने नदिने भनेर मन्त्रीमण्डलले निश्चित गर्नेछ । 

यो पहल यस्तो समयमा गरिएको हो जब कोरोना महामारी र तेलको कम मूल्यका कारण हज्जारौं विदेशले यूएई छोडेर गइसकेका छन् । 

अबुधाबीबाट निस्कन पत्रिका ‘द नेशनल’ का अनुसार यो नयाँ व्यवस्थाले विशेष क्षेत्रका विशेषज्ञ र विदेशी लगानीकर्तालाई यूएईमा आफ्नो जरा गाड्ने मौका पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस