क्यानडा बस्ने नेपाली युवाको र्‍याप गीत विदेशी युवतीको बबाल डान्स

सफल खबर संवाददाता

शनिबार, १७ माघ २०७७, ०९ : ४९
क्यानडा बस्ने नेपाली युवाको र्‍याप गीत विदेशी युवतीको बबाल डान्स

काठमाडौं ।  क्यानडाबाट नेपाली युवाहरुले हिपपप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लामो समययता क्यानडा स्थायी बसोबास गर्दै आएका सुघब बन्जरा, कुशल बराल र निर्भन श्रेष्ठको संयुक्त प्रयासमा 'कोक एण्ड जेडी' गीत तयार गरिएको हो ।

सुघब बन्जाराको शब्द तथा ‘लेजी ब्वाई’ को संगीत रहेको यो गीतको म्युजिक भिडियो क्यानडाको टोरोन्टो आसपासमा छायांकन गरिएको हो । युवा पुस्तालाई लक्षित गरेर निर्माण भएको  यो गीतमा विदेशी नागरिक र नेपालीको अभिनयलाई फ्युजन गराइएको छ ।

शुक्रबार सार्वजनिक गरिएको म्युजिक भिडियो कोर्डेल फेर्मिनले खिचेका हुन् भने भिडियो सम्पादन सुदिप मानन्धरले गरेका छन् । पछिल्लो समय हिपपप म्युजिक युवा पुस्ताको रोजाइमा पर्दै आएकोकोले यो गीत पनि दर्शक श्रोताले रुचाउने निर्माण टिमले अपेक्षा राखेका छन् ।

https://www.youtube.com/watch?v=ApMlontqNgM
 

प्रतिक्रिया दिनुहोस