भ्रष्टाचार हुने देशमा नेपाल ११७ औं नम्बरमा, अन्य देशहरु कति औँ नम्बरमा परे (सूचीसहित)

सफल खबर संवाददाता

विहीबार, १५ माघ २०७७, १२ : ३८
भ्रष्टाचार हुने देशमा नेपाल ११७ औं नम्बरमा, अन्य देशहरु कति औँ नम्बरमा परे (सूचीसहित)

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशन नेपालले बिहीबार पत्रकार सम्मेलन गरेर डेनमार्क र न्युजील्याण्ड सवैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा परेको जानकारी दिएको छ । सर्वेक्षणमा कुल सय अंकमा डेनमार्क र न्युजील्याण्डले कुल सयमा ८८ अंक प्राप्त गरेका छन् । नेपालले भने ३३ अंक मात्रै पाएको छ ।

ट्रान्सपरेन्सीको सर्वेक्षण अनुसार साउथ सुडान र सोमालिया सवैभन्दा बढी भ्रष्टाचार हुने देशको सूचीमा परेका छन् । उनीहरुले एक सय मा १२ अंक मात्र प्राप्त गरेका छन् ।

नेपालमा भ्रष्टाचार बढ्दै गएको एक प्रतिवेदनले औंल्याएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालमा भ्रष्टाचार बढेको पाइएको हो ।  ट्रान्सपरेन्सी इन्टरनेशनल यसवर्ष १८० देशमा गरेको (भ्रष्टाचार अवधारणा सूचकांक) सर्वेक्षणमा नेपाल भ्रष्टाचार हुने देशको ११७ औं नम्बरमा परेको हो ।

ट्रान्सपरेन्सीको गत वर्षको सर्वेक्षणमा नेपाल भ्रष्टाचारको ११३ औं स्थानमा थियो भने यो वर्ष बढेर ११७ औं स्थानमा पुगेको हो । अर्थात गतवर्ष भन्दा ४ अंकले नेपालमा भ्रष्टाचार बढेको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया दिनुहोस