कोरोना अपडेट : ३ जनाको मृत्यु, २८३ कोरोना संक्रमित थपिए

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, १६ : ४९
कोरोना अपडेट : ३ जनाको मृत्यु, २८३ कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार २० पुगेको छ।

यस्तै २८३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार २४६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६५ हजार ६९ पुगेको छ।

गत चौबीस घन्टामा ४ हजार ३ सय ८२ पीसीआर परीक्षण भएको छ।


 

प्रतिक्रिया दिनुहोस