भर्चुअल माध्यमबाट प्रधानमन्त्रीले गरे कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ

सफल खबर संवाददाता

बुधबार, १४ माघ २०७७, १० : ४२
भर्चुअल माध्यमबाट प्रधानमन्त्रीले गरे कोभिड–१९ विरुद्धको खोप अभियानको शुभारम्भ

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभियान शुभारम्भ भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाठी राष्ट्रपतिको शुभकामना सन्देश पढेर सुनाएका थिए । राष्ट्रपतिको शुभकामना सन्देशमा कोभिड–१९ विरुद्धको खोप अभियान सफल पार्न सवै क्षेत्रका मानिसहरुको सहभागिता अनिवार्य भएको महसुस गरेको उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस