चीनको बन्दरगाह सहर निङ्गबोमा ठूलो विस्फोट, दुईको मृत्यु

एजेन्सी

आइतबार, १० मंसिर २०७४, १८ : ४७
चीनको बन्दरगाह सहर निङ्गबोमा ठूलो विस्फोट, दुईको मृत्यु

साङ्घाइ । चीनको साङघाई सहरबाट दक्षिणी भागमा पर्ने बन्दरगाह सहर निङ्गबोमा रहेको एक कारखानामा आइतबार भएको बम विस्फोटमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ ।

यस विस्फोटमा परी दर्जनौ व्यक्ति घाइते भएका छन् भने कैयौ भवन ध्वस्त भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम र स्थानीय अधिकारीले जनाएका छन् ।

निङ्गबो सरकारका अनुसार यस शक्तिशाली विस्फोटको विस्तृत विवरण कारण हालसम्म पत्ता लागेको छैन ।

जिआङ्बे जिल्लामा अवस्थित सो कारखानामा विस्फोट स्थानीय समयाअनुसार आइतबार बिहान ०९ बजे भएको थियो ।

स्थानीय अधिकारीका अनुसार यस विस्फोटमा परी दुई व्यक्तिको मृत्यु हुनुको साथै अन्य दुई गम्भीर घाइते भएका थिए । कैयौ घाइते व्यक्तिको बन्दरगाह सहर निङ्गबोमा उपचार भइरहेको बताइएको छ ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार यस आक्रमणमा परी ३० भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस