काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नागरिक समाजको शान्तिपूर्ण प्रदर्शनमाथि गरिएको बल प्रयोगको घटना दुःखद् भएको जनाएको छ । नेकपाका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज साँझ विज्ञप्तिमार्फत संविधान र लोकतन्त्रको रक्षाका लागि सचेत नागरिकले चालेको अग्रगमनको रक्षाका लागि भएको प्रदर्शनमाथि बल प्रयोगको विरोध गर्दै संविधान, प्रतिनिधिसभा र लोकतन्त्रको रक्षाका लागि नागरिक समाजले देखाएको अग्रसरता र सङ्घर्षशीलताप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ ।
सोमबार निषेधित क्षेत्रमा प्रवेश गरेको जनाई प्रहरीले नागरिक समाजका अगुवामाथि बालुवाटार क्षेत्रमा पानीको फोहरा हान्दा केही सहभागी घाइते भएका थिए । वक्तव्यमा आन्दोलनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । शान्तिपूर्ण रुपले विरोध प्रदर्शन गर्न पाउने जनताको मौलिक अधिकारको सम्मान गर्न र आइन्दा त्यस्ता कार्यक्रममा हस्तक्षेप नगर्न अध्यक्षद्वयले सरकारलाई आग्रह गर्नुभएको छ ।
यसैबीच नागरिक आन्दोलनमा गम्भीर घाइते हुनुभएका निर्घराज जैसीको स्वास्थ्यावस्थाका बारेमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी लिई स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका सहयोगी सुरेशकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, १३ माघ २०७७, १९ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा
एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान
भोलि सुर्खेतमा नेकपाको एकता सभा: प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने
जनार्दनलाई नेकपा कार्यकर्ताले गृह जिल्लामै देखाए कालो झन्डा
आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा
आजदेखि सातै प्रदेशमा नेकपाको सन्देश सभा, कहाँ–कहिले ?