कोरोना अपडेट :  १० जनाको मृत्यु, ३ सय ३९ जना संक्रमित थपिए

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, १६ : २३
कोरोना अपडेट :  १० जनाको मृत्यु, ३ सय ३९ जना संक्रमित थपिए

काठमाडौँ । देशभर  २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ। यस्तै थप ३ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ४ सय १ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ।

हाल देशभर ३ हजार २ सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस