कृष्ण पहाडीसहित २६ जना मानव अधिकारकर्मी पक्राउ

सफल खबर संवाददाता

सोमबार, १२ माघ २०७७, १४ : ११
कृष्ण पहाडीसहित २६ जना मानव अधिकारकर्मी पक्राउ

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध सोमबार बालुवाटारमा प्रदर्शन गर्न पुगेका मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मानवअधिकार तथा शान्ति समाजले केपी अ‍ोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध, राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध, प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो ।

प्रदर्शनकारी मानवअधिकारवादीले प्रधानमन्त्री र मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको तथा किर्तेतन्त्र गरेको भन्दै नाराबाजी गरेका थिए ।

पक्राउ पर्नेमा सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी, अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्यलगायत रहेका छन् ।

प्रदर्शनमा सहभागीहरुले प्रम ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार : कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस