काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटनको विरोधमा निरन्तर आन्दोलन गर्ने बताउनुभएको छ ।
मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाको २३औँ साधारणसभामा उहाँले लोकतान्त्रिक मूल्य मान्यता एवं संविधान विपरीत हुने कामको समर्थन कांग्रेसले गर्न नसक्ने बताउनुभयो ।
कार्यक्रममा कांग्रेस नेता गगनकुमार थापा, वाग्मती प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, समाजका संस्थापक सभापति कृष्ण पहाडी, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, उपप्रमुख शान्ति नेपाल, कवि अर्जुन पराजुली, समाजका सभापति उत्तम पुडासैनी, काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीलगायतले संविधानासभाबाट बनेको संविधान रक्षा गर्ने हो भने प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० माघ २०७७, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस चुनावमा सहभागी हुन्छ : प्रकाशमान सिंह
जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह
प्रकाशमान सिंहको घर र गाडी जलेर ध्वस्त
विगतमा भएका कमजोरी दोहोरिन नदिन सरकार सचेत छ : प्रकाशमान सिंह
बजेट निर्माणमा जनसङ्ख्या र भूगोलको सन्तुलन मिलाइएको छ : उपप्रधानमन्त्री सिंह
नयाँ राजनीतिक दलहरूले केही पनि गर्न सक्दैनन् : प्रकाशमान सिंह