काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान संशोधन प्रस्ताव पेश गर्ने तयारी गरिएको छ ।
एनआरएनएको विशेष साधारणसभाको आज भर्चुअल उद्घान गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीले कोरोना भाइरसको विश्वव्यापी संक्रमणमाझ निर्वाह गरेको भूमिका प्रशंसायोग्य रहेको बताउनुभयो । मन्त्री ज्ञवालीले संघले संकटका बेला आफ्नो औचित्य र भूमिकालाई स्थापित गर्न सफल भएको जनाउनुभयो । मन्त्री ज्ञवालीले प्रवासमा संकटमा परेका नेपालीको राहत, उद्धार र उपचारमा गैरआवासीय नेपालीले महत्वपूर्ण भूमिका निर्वाह गरेकामा प्रशंसा गर्दै भन्नुभयो, संकटको यस अहं परीक्षामा एनआरएनए खरो रुपमा उत्रिएको छ र सफल पनि भएको छ ।
नेपालको संविधानले पहिलो पटक गैरआवासीय नेपालीलाई औपचारिक रुपमा स्वीकार गर्दै एनआरएन नागरिकताको व्यवस्था गरेको स्मरण गर्दै मन्त्री ज्ञवालीले नेपाल सरकारको विदेश नीतिअन्तर्गत विदेशमा रहेका नेपालीको ज्ञान र सीपलाई नेपालको विकासमा जोड्ने नीति तय गरिएको जानकारी दिनुभयो ।
महाधिवेशनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले विपन्न देश नेपालमा ठूलो लगानीको आवश्यकता रहेको र विदेशमा हरेक नेपालीले नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी ल्याउन जोड दिनुपर्ने बताउनुभयो ।
एनआरएनका प्रमुख संरक्षक तथा पूर्वाध्यक्ष शेष घलेले संस्थालाई साझा सङ्गठनका रुपमा अघि बढाएर सानो संयुक्त राष्ट्र संघका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । अर्का पूर्वाध्यक्ष देवमान हिराचनले विधान संशोधन, एनआरएन फाउण्डेशनन, भिजन २०२० लगायत विषयमा घनीभूत छलफल गर्न सुझाव दिनुभयो ।
संघका संरक्षक तथा पूर्वाध्यक्ष जीवा लामिछानेले कोरोना भाइरसको संक्रमणले विश्वको अर्थतन्त्र आक्रान्त रहेको बेला सबै मिलेर सामना गर्नाको विल्कप नभएको बताउँदै गैरआवासीय नेपालीले आर्जन गरेको विश्वासलाई कायम राख्न र संघको शाख बचाइराख्न सबैलाई आग्रह गर्नुभयो ।
एनआरएनएका निवर्तमान अध्यक्ष भवन भट्टले सबै हात एकै साथ अभियानअनुसार सबैलाई संस्थाको विकासका लागि एकता आह्वान मुलुकको समृद्धि नै गैरआवासीय नेपालीको सपना भएकाले नेपालमा लगानीका लागि जोड दिनुभयो ।
कार्यक्रममा एनआरएनएका संस्थापक रामप्रताप थापाले संस्थाभित्र मेरो र तेरो नभई सामूहिक रुपमा हाम्रो भन्ने भावनाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।महाधिवेशनमा एनआरएनएका सल्लाहकार कुल आचार्य, टिबी कार्की, उपाध्यक्ष डा बद्री केसी, सोनाम लामालगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, १० माघ २०७७, १८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआरएनएको महासचिवमा रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
एकतापछि पनि एनआरएनएमा दुई समूहको टक्कर, मिलाउन रोविन शेरचनको पहल
एनआरएनए अध्यक्षमा रोबिन शेरचनको उम्मेदवारी घोषणा
एकताको मर्म बुझाउन ग्रासरुटमा एनआरएनए
एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने, प्रवक्ता गौतमको संयोजकत्वमा एकता समिती गठन
एनआरएनएको एकता कोशेढुङ्गा सावित हुनेछ: प्रधानमन्त्री कार्की