४० बर्षीय चौधरीको विभत्स हत्या, तीन जना पक्राउ

सफल खबर संवाददाता

शनिबार, १० माघ २०७७, १३ : २६
४० बर्षीय चौधरीको विभत्स हत्या, तीन जना पक्राउ

दाङ । केहि दिन अघि दाङ्ग जिल्लाका एक पुरुषको विभत्स हत्या भएको खुलेको  छ ।

जिल्लाको राप्ती गाउँपालिका वडा नम्वर ६ निवासी ४० बर्षीय मोतीलाल चौधरीको  पुस ८ गते घर अगाडी मकैवारीमा  टाउँकोमा चिरपटो प्रहार गरि हत्या गरि  कुलोमा लगेर फालिएको अवस्थामा शव फेला पारिएको थियो ।

हत्यामा संलग्न तीन जनालाई त्यहाँको प्रहरीले २४ घण्टा नवित्दै पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४८ बर्षीय मनिराम चौधरी , ३८ बर्षीय धनबहादुर चौधरी र ३३ बर्षीय मोतीलाल चौधरी रहेका छन ।

भालुबाङ्ग ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले निजहरुलाई पक्राउ गरेको र थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय दाङ्गले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस