काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले संसद् पुनःबहाली हुने विश्वास व्यक्त गर्नुभएको छ । सो समूहले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको विरोध–सभामा उहाँले संविधानको धारा उल्लेख नगरेर प्रतिनिधिसभा भङ्ग गरिएको तर्क गर्नुभयो ।
“संसद् विघटन अलोकतान्त्रिक छ जसको सर्वत्र विरोध हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यो पुनःबहाली हुन्छ ।” पार्टीमा नेतृत्व नभई नीति प्रधान हुने पूर्वमहासचिव पुष्पलालको भनाइलाई उद्यृत गर्दै नेता नेपालले पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य रहन नसक्ने बताउनुभयो ।
नेकपाका नेता जनार्दन शर्मा र शक्तिबहादुर बस्नेतले संसद् विघटनबाट नागरिकको सपनामा गम्भीर प्रहार भएको गुनासो गर्नुभयो । उहाँहरुले सबै एकताबद्ध भएर विघटनको विरोधमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेकपाका अर्का नेता प्रकाश ज्वालाले पार्टीलाई विभाजनको मुखसम्म पु¥याइएको आरोप लगाउनुभयो । नेकपा नेता कालीबहादुर मल्ल, महिला नेत्रीहरु बिमला केसी तथा सीताकुमारी नेपालीले संविधान विघटनको विरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०८ माघ २०७७, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वप्रधानमन्त्री नेपालको पक्षमा सयभन्दा बढी वकिल, वरिष्ठ अधिवक्ता सुशील पन्तले अख्तियारको नेतृत्व गर्ने
प्रचण्ड र माधव नेपालबिच भेटवार्ता
माधवकुमार नेपालको सांसद पद निलम्बन
माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
पूर्वराजालाई नेपालको सुझावः शासनमा फर्कन चुनावबाहेक अर्को बाटो छैन
कम्युनिष्ट आदर्शको लक्ष्य आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्छ : माधव नेपाल