काठमाडौँ । यहाँको तीनपाटन गाउँपालिका–४ टोड्केपानीमा डबल क्याब बोलेरो आज दुर्घटना हुँदा एकको घटनास्थलमा नै मृत्यु भएको छ ।
अन्य पाँच घाइते भएका छन् । दुर्घटनामा सिन्धुलीको तीनपाटन गाउँपालिका–११ का ६५ वर्षीया चम्पामाया तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा दुधौली नगरपालिका–४ वनधारा ३२ वर्षीया सतिनीमाया तामाङ, ७० वर्षका प्रेमलाल श्रेष्ठ, दुधौली नगरपालिका–३ कालापानी बस्ने ५३ वर्षीय पृथ्बीनारायण श्रेष्ठ, दुधौली–६ हर्षाही ५५ वर्षीया दुर्गा श्रेष्ठ र तिपपाटन गाउँपालिका–१० वाङरिङ ६३ वर्षीया मनमाया गौतम घाइते भएको खत्रीले जानकारी दिनुभयो ।
घाइतेको आमा मेमोरियल अस्पताल डकाहा र सिन्धुली अस्पतालमा उपचार गरिएको थियो । घाइते उपचारपश्चात फर्किएको प्रहरी नायव उपरीक्षक खत्रीले जानकारी दिनुभयो । दुधौली नगरपालिका–४ टोड्केपानीस्थित ग्रामीण सडकखण्डमा डकाहाबाट चकमकेतर्फ जाँदै गरेको स १ च १६७७ नम्बरको डबल क्याप बलेरो आफैँ अनियन्त्रित भई सडक छेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
मंगलबार, ०६ माघ २०७७, १९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
गोरखामा माइक्रोबस दुर्घटनामा हुँदा १७ जना घाइते
लमजुङमा जिप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीमा मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु, एक घाइते
राजस्थानमा सडक दुर्घटना, १५ जनाको मृत्यु