रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि

रासस

सोमबार, ०५ माघ २०७७, २० : ५३
रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि

file photo

काठमाडौं । पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी हरियो लेउ र झ्याउले ढाकिएर कुरुप बन्न थालेपछि काठमाडौँ महानगरपालिकाले पोखरीको सौन्दर्यता बढाउन सरसफाई थालेको छ ।  

महानगरपालिकाले दैनिक नगर प्रहरीलाई खटाएर त्यहाँको हरियो लेउ र झ्याउ हटाउने र पोखरीको प्राकृतिक सौन्दर्यता बढाउने काम गरिरहेको महानगरपालिकाले जानकारी दिएको छ । ‘राजधानीको केन्द्रमा रहेको पोखरी शुद्धीकरणको दीर्घकालीन समाधानका लागि सरोकारवाला निकायहरुसँग हामीले छलफल गरिरहेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले भने, ‘पुनर्निमाण प्राधिकरणबाट हामीलाई रानीपोखरी पुर्ननिर्माणपछि हस्तान्तरण भैसकेको अवस्था छैन । यद्यपि, पोखरी हाम्रै क्षेत्राधिकार भित्र पर्ने भएकाले हामीले शुद्धीकरणको प्रयास गरेका हौँ ।’ 

सहरको सौदर्य बढाउने रानीपोखरी हरियो लेउ र झ्याउले कुरुप भयो भन्ने गुनासो सामाजिक सञ्जाल र सञ्चारमाध्ययममा पनि आएकाले महानगरपालिकाको ध्यानाकर्षण भएको र सरसफाइको प्रक्रिया अघि बढाएको ज्ञवालीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस