चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय नेता लिलाममणि पोख्रेलले दुईपटक प्रधानमन्त्री भैसक्दासमेत मदन भण्डारीको हत्यारा पत्ता लगाएको खोई ? भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी भरतपुर संघर्ष समितिले सोमबार चौबीसकोठीमा आयोजना गरेको विरोध सभालाई सम्वोधन गर्दै पोख्रेलले अझैसम्म पनि मदन भण्डारीको हत्याराको विषयमा कुनै खोजतलास नभएको भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका हुन् ।
उनले तत्कालिन समयमा वामदेव गौतमले ओलीलाई मदन भण्डारी हत्याराको आरोप लगाएको समेत बताए । ‘वामदेव गौतमले मदन भण्डारीको हत्यारा केपी ओली हो भनेर लगाएको आरोपको भाषण मसंग अझै रेकर्ड छ’ उनले भने, ‘होइन भने केपी ओली दुईपटक प्रधानमन्त्री हुँदासमेत मदन भण्डारीको हत्यारा किन पत्ता लागेन ?’
सभामा पोख्रेलले खड्गप्रसाद ओलीले नेपालको संविधानमाथि खड्ग प्रहार गरेको बताए । ‘खड्गप्रसाद आलीले नेपालको संविधानमाथि खड्ग प्रहार गरेर संसद विघटन गरी अहिले प्रतिगमनको साँघुरो गल्लीमा नेपालीलाई उभ्याएका छन्’ उनले भने ।
उनले मदन भण्डारी भन्दा पछाडिको तत्कालिन नेकपा एमाले विभाजन हुँदाखेरी बामदेव गौतमलाई यो देशको सबैभन्दा ठुलो भ्रष्ट्राचारी भनेर भन्ने व्यक्ति समेत प्रधानमन्त्री केपी ओली रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ माघ २०७७, १५ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रघुजी पन्तले ‘पिँडुला देखाएर सांसद बनेकी’ भनेपछि कोमल ओलीले दिइन् जवाफ
फेरि प्रतिनिधिसभा विघटन गर्ने ओलीको तयारी
निर्वाचन आयोगको भूमिका नै रहस्यमय !
केपी ओलीमा वैचारिक स्खलन, एकता असम्भव
नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्ने आधिकारिक धारणा बनेको छैन : महामन्त्री कोइराला
प्रतिनिधिसभा पुनस्थापनापछि सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली