काठमाडौँ । जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनका लागि तयारी शुरु गरेको छ ।
नेपाल सरकारले निर्वाचनको मिति तोकेसँगै निर्वाचन आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालय खोटाङले पनि तयारी शुरु गरेको हो ।आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले आइतबार जिल्लास्थित सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर प्रतिनिधिसभा सदस्यको मध्यावधि निर्वाचनको तयारी शुरु गरेको जनाएको छ ।
कार्यक्रममा पुस ५ गतेसम्म १८ वर्ष पुगेर मतदाता नामावली दर्ता गराउनेको नामावली त्रुटि तथा दोहोरो भएमा सच्च्याउने र दाबी विरोध भए त्यसको निरुपण गर्ने गरी तयारी शुरु गरिएको जिल्ला निर्वाचन अधिकृत कोपिला राईले जानकारी दिनुभयो ।
यसका लागि माघ ५ गतेसम्म सहायक नामदर्ता अधिकृतको छनोट गर्ने, माघ ८ नियुक्ति गर्ने, माघ ११ नवनियुक्त सहायक नाम दर्ता अधिकृतलाई तालीम दिने, १५ सूचना प्रकाशन गर्ने, माघ १६ र १७ निवेदन सङ्कलन गर्ने, माघ १८ र १९ गते निवेदनउपर निर्णय गर्नेलगायत कार्यक्रम रहेको निर्वाचन अधिकृत राईले जानकारी दिनुभयो । कार्यक्रममा सहभागी प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले निर्वाचनका लागि सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको बताउनुभयो ।
उता, कार्यक्रममा सहभागी राजनीतिक दल तथा सरोकारवाला निकायले भने, तोकिएको मितिमा निर्वाचन नहुने बताएका छन् । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै एक समूह निर्वाचन गराउने र अर्को समूह विरोधमा रहेकाले सरकारले तोकेको मितिमा निर्वाचन सम्भव नरहेको सहभागीले बताएका हुन् । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ३३ हजार मतदाता रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ०४ माघ २०७७, २१ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो
निर्वाचन ४७ दिन बाँकी: निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवा प्रदायक संस्था सूचीकृत
आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोग
निर्वाचन ४९ दिन बाँकीः यस्तो छ सुरक्षा रणनीति
निर्वाचन ५२ दिन बाँकी : समानुपातिक उम्मेदवारी आजसम्म फिर्ता लिन सकिने
निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा