नेकपा प्रचण्ड-माधव पक्षका नेता योगेश भट्टराईले आफूलाई जोडेर टिप्पणी गर्ने प्रधानमन्त्री केपी ओलीलाई जबाफ फर्काएका छन् ।
भट्टराईले सामाजिक संजालमार्फत शनिबार राती भनेका छन् -केटा र केटीहरुको रगत, पसिना र मेहनतको जगमा खडा भएको ब्यबस्था मै यहाँले कुर्सीप्राप्त गर्नुभएको हो । केटो भनिपाउदा मलाई दु:ख छैन । तपाईंको स्तर थाहा पाएँ खुशी लाग्यो ।
आजै प्रधानमन्त्री ओलीले नेता भट्टराईप्रति कटाक्ष गरेका थिए । उनले भट्टराईलाई ‘बैगुनी केटाकेटी’को संज्ञा दिँदै उनी निस्कँदैमा केही फरक नपर्ने बताएका थिए।
शनिबार नेकपा ओली समूहको प्रदेश १ को सम्पर्क कमिटीको भेलालाई सम्बोधन गर्दै अोलीले प्रदेश १ मा बैगुनी निस्किएको भन्दै त्यसले केही फरक नपर्ने बताएका हुन ।
ओलीले भनेकस थिए– बैगुनी केटाकेटीबारे केही भन्नु छैन । आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्ताले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ माघ २०७७, २२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा
संविधानमा संशोधनमा छलफल गर्न मतदातासँग योगेशको आग्रह
‘पार्टीभित्रको संघर्षमा प्रतिस्पर्धी हौँ तर अन्य दलहरूसँग एमाले एक छ’ : योगेश भट्टराई