आज नेकपाको दुवै पक्षको स्थायी समिति बैठक बस्दै

सफल खबर संवाददाता

विहीबार, ०१ माघ २०७७, १३ : ५४
आज नेकपाको दुवै पक्षको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपाको दुवै पक्षले स्थायी समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी ओली पक्षले बालुवाटार र प्रचण्ड–माधव नेपाल पक्षले कोटेश्वरमा बैठक बोलाएका हुन् । 

ओली पक्षको बैठक बालुवाटारमा जारी छ भने प्रचण्ड–माधव पक्षको बैठक दिउँसो ३ बजेबाट बस्दैछ । कोटेश्वरमा बस्ने बैठकमा ओलीको संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको आन्दोलन र  सांगठानिक विषयमा छलफल गर्ने नेता योगेश भट्टराईले जानकारी दिए ।

‘प्रतिमन विरुद्धको आन्दोलनको समिक्षाका साथै सांगठानिक विषयमा छलफल गर्ने एजेण्डा तय गरिएका छन्’ भट्राईले भने, ‘अहिलेका महत्वपुर्ण सवाल नै यीनै हुन् ।’

त्यस्तै ओली पक्षका नेता सुवास नेम्वाङले बालुवाटारमा समसामयीक विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस